जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाका दुई थरी खोप– पहिलो डोज एस्ट्राजेनेका, दोस्रो मोर्डोना एजेन्सी। जर्मन चान्सलर एञ्जेला मर्केलले कोरोनाविरुद्धको दुई फरक कम्पनीले उत्पादन गरेको खोप लगाएकी छन्। कोरोनाविरुद्धका दुई फरक कम्पनीको खोप एकै व्यक्तिले लगाउन हुन्छ वा हुँदैन भन्नेमा चिकित्सकहरुबीच छलफल चलिरहेका बेला उनले दुई फरक कम्पनीको खोप लगाएकी हुन्। उनले कोरोना खोपको पहिलो डोज एस्ट्राजेनेकाको लगाएकी थिइन्। खोपको दोस्रो डोज भने उनले मोर्डोनाको लगाएको मर्केलका प्रवक्ताले बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्