कोरोनाविरुद्धको खोपको परीक्षण नेपालमा पनि हुने काठमाडौं। नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्ने बाटो खुलेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको हो। मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले सरकारको निर्णयले सबैले खोप पाउन सहज हुने बताए। उनले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणको लागि अनुरोध गर्न सकिने जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्