अमेरिकाले नेपाललगायत १० देशलाई १ करोड ६० लाख डोज खोप दिने काठमाडौं। अमेरिकाले नेपाललगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १० देशलाई १ करोड ६० लाख कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ। ह्वाइट हाउसले नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, मलेसिया, लाओस र थाइल्याण्डलाई खोप उपलब्ध गर्ने जनाएको हो। अमेरिकाले छिट्टै ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा कुल ५ करोड ५० लाख डोज खोप पठाउने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्