देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५४ हजारभन्दा कम काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दशेभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार ९ सय ४० जना रहेको जनाएको छ। सक्रिय संक्रमितमध्ये ५० हजार ३ सय ४ जना होम आइसोलेसनमा र ३ हजार ६ सय ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ८ सय ११ जना आइसीयूमा र २ सय ३७ जना भेन्टिलेटरमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्