काठमाडौं उपत्यकामा ३७९ जना कोरोना संक्रमित थपिए काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज ३ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना र भक्तपुरमा ३३ जना नयाँ संक्रमित थपिएका हुन्। पछिल्ला दिन काठमाडौं उपत्यकमा नयाँ संक्रमितको संख्या क्रमशः घट्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्