धनुषामा निषेधाज्ञा थप, अत्यावश्यक वस्तुका पसल दिउँसो ३ बजेसम्म खुल्ने काठमाडौं। धनुषा जिल्लामा सात दिन निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञामा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः ७ दिन थप गरी निरन्तरता दिइएको हो। यसअघि मध्यान्ह १२ बजेसम्म अत्यावश्यक वस्तुका पसल सञ्चालन गर्ने आदेश भएकोमा यसपटक दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्