कोरोनाको नयाँ भेरियन्ट सबै उमेर समूहलाई जोखिम काठमाडौं। स्वास्थ्य मन्त्रालयलये नेपालमा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट सबै उमेर समूहका लागि उत्तिकै जोखिमपूर्ण रहेको भन्दै सचेतना अपनाउन अपिल गरेको छ। विज्ञप्ति जारी गर्दै मन्त्रालयले डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई.१ भनिने के.१४१७एन म्युटेसन भेटिएको उल्लेख गरेको छ। यो भेरियन्ट बढी आक्रामक र सबै उमेर समूहका व्यक्तिलाइई असर पार्ने अध्ययनबाट देखिएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्