उपत्यकामा थप एकसाता लम्बियो निषेधाज्ञा काठमाडौं। उपत्यकामा थप एक साता निषेधाज्ञा थप भएको छ। आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले असार १४ गते रातिसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका सीडीयो ढुण्डीप्रसाद निरौलाले बताए। “अहिलेको भन्दा केही फरक गरिएको छ। यो अवधिमा अहिलेको भन्दा थप केही पसल भने खुल्नेछन्। तर निषेधाज्ञा भने जारी रहनेछ”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्