यी अस्पतालमा हुनेछ एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार काठमाडौं। उपत्यकाका ४ अस्पताल एसिड आक्रमणमा परेकाहरुको निःशुल्क उपचारका लागि तोकिएका छन्। जेठ २९ गतेको मन्त्रिपरिषदको बैठकले पारित गरेको ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०६८’ अनुसार काठमाडौंमा ३ र ललितपुरको १ अस्पताल उपचारका लागि तोकिएको हो। जसमा काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र कीर्तिपुर अस्पताल तथा ललितपुरको पाटन अस्पतालमा निःशुल्क उपचार हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्