मोडालिटी फेरबदल गरेर उपत्याकामा १० दिन निषेधाज्ञा थप्ने तयारी काठमाडौं। काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित छलफलमा रहेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ। तर निषेधाज्ञाको मोडालिटी फेरबदल हुन सक्नेछ। निषेधाज्ञा केही खुकुलो हुन सक्ने र मोडालिटीको विषयमा छलफल जारी रहेको प्रजिअ भट्टराईले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्