धनकुटामा असार ११ गतेसम्म निषेधाज्ञा थप धनकुटा। धनकुटामा असार ११ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमण अझै विद्यमान रहेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहालले बताए। धनकुटा बजार भने दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न दिने निर्णय भएको बताइएको छ। धनकुटामा करिब १५ सय जनामा कोरोना संक्रमण पुष्टि भएकको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्