पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट vकाठमाडौं। फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको छ। पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर गरेका हुन्। पत्रकारहरुलाई राज्यले कोभिडविरुद्धको खोपमा प्राथमिकता नदिएकाले न्यायालयको ढोका ढक्कढक्याउनु परेको रिट निवेदक अधिवक्ता गिरीले बताए। रिटको सुनुवाई आईतबारको लागि तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्