अब जुम्लामा एमबीबीएस काठमाडौं। अब जुम्लामा डाक्टर पढ्न पाइने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगबाट स्वीकृति मिलेसँगै कर्णालीमा डाक्टर उत्पादन हुने भएको हो। जेठ २९ गतेको आयोगको बैठकले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरुआत गर्न स्वीकृति दिने निर्णय गरेको हो। चालु आर्थिक वर्षको शैक्षिक शत्रभित्रै कार्यक्रम सञ्चालन हुने आयोगले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्