स्थगित भएको खोप अभियान काठमाडौं महानगरमा फेरि सुरु काठमाडौं।कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम काठमाडौं महानगरपालिकामा आजदेखि फेरि सुरु हुने भएको छ। खोप अभाव परिपूर्ति नहुँदा स्थगित भएको खोप कार्यक्रम आजदेखि फेरि सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।खोप अभियान काठमाडौंमा जेठ ३१(आज) र असार १ गते सञ्चालित हुनेछ। महानगरपालिकाले एक सूचना जारी गरेर ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिले चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन पाउने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्