अमेरिकाले नेपाल लगायत ९२ देशलाई ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने काठमाडौं। अमेरिकाले नेपाल लगायत संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रिकन युनियनका सदस्यहरूका लागि फाइजर-बायोटेकको ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घोषणा गरेका हुन्। सन् २०२२ को जुनसम्म अमेरिकाले यी खोप ९२ देशलाई उपलब्ध गराउनेछ। अमेरिकी राष्ट्रपति बाइडेनले यो घोषणालाई महामारीविरूद्धको विश्वव्यापी लडाईमा ऐतिहासिक कदम भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्