कोरोना संक्रमितलाई घरमै औषधि पुर्‍याउँदै चौबिसे गाउँपालिका धनकुटा। चौबिसे गाउँपालिकाले कोरोना संक्रमित बिरामीलाई घरमै पुगेर औषधि र स्वास्थ्य सामाग्री वितरण गरेको छ। होम आइसोलेसनमा बसेका बिरामीलाई ज्वरो, निमोनिया, झाडापखाला र भिटामिन लगायतका औषधि वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन्। त्यस्तै मास्क, सेनिटाइजर र साबुनसमेत वितरण गरेको बताइएको छ। त्यस्तै कोरोना संक्रमण भई अस्पताल भर्ना भएका बिरामीलाई कार्यविधि बनाएर २० हजार दिने तयारी रहेको गाउँपालिकाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्