चीनमा कोरोना विरुद्धको खोप ८५ करोड डोज लगाइयो एजेन्सी। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले हालसम्म देशभित्र ८५ करोड डोज कोरोना खोप लगाइएको बताएको छ। आफ्नो देशका सबैभन्दा बढी नागरिकलाई खोप लगाउनेमा चीन अग्रस्थानमा रहेको छ। हालसम्म अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड डोज खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्