रामदेवले खोप लगाउने उद्घोष गर्दै भने– डाक्टर धर्तीमा इश्वरका दूत हुन् बीबीसी।केही साता यता एलोपेथी उपचार विधि र डाक्टरहरुको विरुद्धमा बोल्दै आएका योगगुरु रामदेवले कोरोना खोप लगाउने उद्घोष गरेका छन्।त्यतिमात्र होइन उनले ‘डाक्टर धर्तीमा इश्वरका दूत’ भएको बताएका छन्।यसअघि उनले आयुर्वेद अपनाएका कारण आफू सुरक्षित रहेको र कोरोना खोप नलगाउने बताउँदै आएका थिए।उनले सबै जनालाई कोरोना खोप लगाउन आव्हान समेत गरेका छन्।उनले कुनै पनि उपचार पद्धतिको आफूले विरोध नगर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्