संसारका धनी राष्ट्रले गरिब राष्ट्रलाई एक अर्ब डोज कोरोना खोप दिने बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसारका धनी राष्ट्रहरुको समूह ‘जी–सेभेन’ले गरिव राष्ट्रहरुलाई एक अर्ब डोज कोरोना खोप दिने बताएका छन्। आजबाट लण्डनमा सुरु भएको जी–सेभेन सदस्य राष्ट्रहरुको बैठकमा उक्त सहमति बन्ने विश्वास उनले व्यक्त गरेका छन्।जी–सेभेनमा बेलायत, अमेरिका, क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटाली छन्। हिजो मात्र अमेरिकी राष्ट्रपतिले गरिब राष्ट्रहरुलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्