म कोरोनाविरुद्धको भ्याक्सिन लगाउँछुः योगगुरु रामदेव एजेन्सी।कोरोना कहर सुरु भएसँगै एलोपेथी चिकित्सा पद्धतिमाथि आक्रामक वक्तव्य दिँदै आएका भारतीय योगगुरु रामदेवले अन्ततः कोरोनाविरुद्धको भ्याक्सिन लगाउने घोषणा गरेका छन्। उनले आफू भ्याक्सिन लगाउन तयार रहेको र अरुलाई पनि लगाउन अनुरोधसमेत गरेका छन्। त्यतिमात्र होइन एलोपेथी चिकित्सकमाथि नानाथरी आरोप लगाउँदै आएका उनले ‘असल डाक्टर देवदूत’समान हुने बताएका छन्। उनले आयुर्वेदका साथै भ्याक्सिन पनि लगाउन अपिल गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्