बीएसपी नेपालद्वारा एक करोड ९० लाखको स्वास्थ्य सामग्री सहयोग काठमाडौं। बिएसपी नेपाल नामक गैरसरकारी संस्थाले देशका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई एक करोड ९० लाख रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गरेको छ। कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ती सामाग्री उपलब्ध गरिएको बीएसपीले जनाएको छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका अस्पताललाई सामाग्री उपलब्ध गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्