भारतले गर्यो ४४ करोड कोरोना खोपको अर्डर एजेन्सी। भारतको केन्द्र सरकारले आज ४४ करोड डोज कोरोना खोप अर्डर गरेको छ। स्वास्थ्य मन्त्रालयले आज सो जानकारी दिएको हो। मन्त्रालयका अनुसार २५ करोड डोज कोभिशिल्ड र १९ करोड डोज कोभ्याक्सिन अर्डर गरिएको छ। भारतले सरकारले खोप अर्डर गर्दा ३० प्रतिशत रकमसमेत भुक्तानी गरेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सबै भारतीयलाई निशुल्क खोप उपलब्ध गराउने घोषणा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्