कोभिड अस्पताललाई एक्सरे मेसिन कञ्चनपुर।शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ।कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो।“कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने,“स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्