३० लाखको स्वास्थ्य सामग्री सहयोग कास्की।बोधिसत्वा विहार काठमाडौंले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल,शिशुवा कोभिड अस्पताल,कास्कीका चार गाउँपालिकासहितका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्