छत्रपाटी चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ल्हासाबाट खरिद गरिएका छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले साढे २६ लाख पर्ने उक्त भेन्टिलेटर अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। यस चिकित्सालयमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइरहेको छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्