देशभर १० हजार ६९६ अक्सिजन सिलिण्डर मौज्दात, कालोबजारी गर्ने सातजनामाथि कारवाही काठमाडौं। गृह मन्त्रालयले देशभर १०,६९६ वटा अक्सिजन सिलिण्डर मौज्दात रहेको जनाएको छ। मन्त्रालयले अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन जेठ १९ गते देशका १८९ स्थानमा अनुगमन गर्दा सो सङ्ख्यामा सिलिण्डर मौज्दात पाइएको हो। अनुगमनका क्रममा अक्सिजनको वितरण र बिक्रीमा कालोबजारी गर्ने सातजनामाथि कारवाही गरिएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्