स्वास्थ्य सामग्रीलगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ काठमाडौं। स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक वस्तुको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ। अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका सामाग्री उनीहरूले कालोबजारी गरेको प्रहरीले जनाएको छ। उनीहरूमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्