गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्