हिन्दुस्तान युनिलिभरको निःशुल्क टेलिमेडिसिन सेवा एजेन्सी। हिन्दुस्तान युनिलिभरले भारतका कतिपय ग्रामीण इलाकामा निःशुल्क टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ। हाल पश्चिमबंगालका गाउँहरुमा यस्तो सुविधा दिइएको युनिलिभरले बताएको छ। युनिलिभरले कोरोना महामारीबारे पनि यस्तो सेवा दिएको छ। कम्पनीले नर्सलाई ‘हेल्थ आन्ट्रपे्रनर’ तालिमसमेत दिन थालेको छ। डाक्टरहरुको समूह राखेर भिडियो कन्फ्रेन्सका माध्यमबाट उपचार सुविधा दिएको कम्पनीले बताएको छ। यस्तो सेवा अन्यत्र पनि विस्तार गर्ने कम्पनीको योजना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्