तिब्बतबाट दुई लाख डोज कोरोना खोप मंगलबार र बुधबार काठमाडौं आइपुग्ने काठमाडौं। चीनले नेपाललाई उपलब्ध गर्ने थप १० लाख डोज कोरोना खोपमध्ये तिब्बत सरकारले पठाउन दुई लाख डोज मंगलबार र बुधबार काठमाडौं आइपुग्ने भएको छ। हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा पहिलो लटमा एक लाख डोज खोप मंगलबार र दोस्रो लटको अर्को एकलाख डोज खोप बुधबार काठमाडौं ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। बाँकी आठ लाख खोप बेइजिङबाट भोलि काठमाडौं आइपुग्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्