चौबीस घण्टामा साढे ५८ लाख थानभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो काठमाडौं।अर्थ मन्त्रालयले पछिल्लो चौबीस घण्टामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि साढे ५८ लाख थानभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रिएको जनाएको छ।अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ५८ लाख ५२ हजार ३५९ थान बिभिन्न मेडिकल उपकरण, ११ हजार ४६५ एमटिक्यू अक्सिजन तथा औषधि,३ हजार २३४ केजी स्यानिटाइजर, ८६९ केजी कोभिड टेस्ट किट र २० भायल्स रेम्डिसिभर बिभिन्न नाकाबाट नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्