प्रादेशिक अस्पताल सुधारका लागि उच्च स्तरीय समिति जनकपुर। प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। चिकित्सकहरुको सुझाव संकलन गर्दै अस्पतालको समग्र सुधारका भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको संयोजकत्वमा सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको समिति गठन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्