तनहुँमा एक साता लम्बियो निषेधाज्ञा तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ। शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिकोे बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गतेसम्म लम्ब्याएको हो। सङ्क्रमितहरुको संख्या बढ्दै जाँदा कोरोना महामारीको जोखिम पनि यथावत् रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्