स्याङ्जामा थप दश दिन लम्बियो निषेधाज्ञा स्याङ्जा। कोरोनाको महामारी बढेसँगै जनताको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बिहीबार सम्पन्न गरेको डीसीसीएमसीको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गरेको छ। बैठकले जेठ१५ गते राति १२ बजेदेखि जेठ २५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो। प्रशासनले औषधि उपचारसम्बन्धी काम र सेवा, अत्यावश्यक दैनिक सामाग्री तथा खाद्यान्नबाहेक अन्य सेवा बन्द हुने विज्ञप्तिमार्फत जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्