चौबिस घण्टामा करिब साढे ८६ लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका बिभिन्न नाकाबाट करिव साढे ८६ लाख थान मेडिकल उपकरण नेपाल भित्रिएका छन्। अधिकांस उपकरणहरु कोरोना नियन्त्रणसँग सम्बन्धित रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ८६ लाख ४५ हजार १०७ थान मेडिकल उपकरण, १० हजार ७११ एमटीक्यू अक्सिजन र कोभिड–१९ टेस्ट किट तथा स्यानिटाइजरलगायतका ओषधिहरु नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्