बाग्मती प्रदेशका थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने काठमाडौं। बाग्मती प्रदेश सरकारले प्रदेशका थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ। रामेछाप जिल्ला अस्पताल,धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल,ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। आठकरोड ५० लाखको लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्