भारतमा स्पुतनिक–भी उत्पादन सुरु बीबीसी। आरडीआईएफ प्यानेसिया र बायोटेकले भारतमा स्पुतनिक–भीको उत्पादन सुरु गरेका छन्। रुसी प्रत्यक्ष लगानी कोष(आरडीआईएफ) र भारतीय भ्याक्सिन निर्माता प्यानेसियाले आजदेखि उत्पादन सुरु गरेका हुन्।गर्मी याममा पूर्ण क्षमतामा भ्याक्सिन उत्पादन हुने निर्माता कम्पनीले बताएको छ। भ्याक्सिन उत्पादक कम्पनी जीएमपी मानक प्राप्त हुनुका साथै विश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाइड समेत छ। यसअघि रुसले भारतलाई सहयोगस्वरुप स्पुतनिक–भी भ्याक्सिन पठाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्