अमेरिकाबाट ५० लाख डोज जोन्सन एण्ड जोन्सन खोप खरिद गर्न पत्राचार
काठमाडौं। सरकारले अमेरिकाबाट ५० लाख डोज जोन्सन एण्ड जोन्सनको कोरोना खोप खरिद गर्न पत्राचार गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिद गर्न पत्राचार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। खोप खरिदको लागि अमेरिकास्थित नेपाली दूतावास र काठमाडौंस्थित अमेरिकी दूतावासले समन्वय गरिरहेको परराष्ट्रले बताएको छ। भारतबाट खरिद गर्ने खोप आउनमा ढिलाई हुने भएपछि सरकारले अमेरिकाबाट खोप ल्याउने तयारी गरेको हो।
प्रतिक्रिया दिनुहोस्
