तेह्रथुममा एक हप्ताका लागि निषेधाज्ञा जारी तेह्रथुम। तेह्रथुम जिल्लामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ। डीसीसीएमसीको बैठकको सिफारिसपछि जेठ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए। तेह्रथुममा लामो समयसम्म निषेधाज्ञा जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको थियो। तेह्रथुममा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५३ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्