गाजामा चिकित्सा सहायता आवश्यक : डब्ल्यूएचओ एजेन्सी। प्यालेस्टाइनमा पीडा कायम रहेकाले त्यहाँ चिकित्सा सहायता आवश्यक रहेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। इजरायल र गाजाका हमास उग्रवादी संगठनबीच ११ दिन संघर्ष भएको थियो। संघर्षमा कम्तीमा २४३ जना प्यालेस्टिनी मारिएका छन्। संघर्षमा ८,५३८ जना प्यालेस्टिनी गम्भीर घाइते भएका र ३० वटा स्वास्थ्य संस्था नष्ट भएको डब्ल्यूएचओले बताएको छ। यसकारण पनि त्यहाँ तत्काल चिकित्सा सहायता आवश्यक रहेको डब्ल्यूएचओ बताउँछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्