आज १६१ वटा अक्सिजन सिलिन्डर सङ्कलन काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १६१ अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। ती मध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका १६१ वटा र यसअघिको स्टक रहेका ८६ वटा गरी जम्मा २४७ वटा सिलिन्डरमध्ये सोमबार १४९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्