बैतडीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थप बैतडी। बैतडीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गरेका हुन्। यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो। बैतडीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९१५ रहेको छ।कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्