चेम्बरले सरकारी अस्पताललाई दियो स्वास्थ्य सामाग्री काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले छवटा सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अस्पताललाई पीपीई सेट, सर्जिकल मास्क, पञ्जा, भीटामीन सी ट्याब्लेट र सिटामोललगायत सामग्री दिएको हो। नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छेत्रपाटी अस्पताललाई सामग्रीहरू निःशुल्क वितरण गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्