चीनले दिने कोभिड–१९ विरुद्धको स्वास्थ्य सामाग्री बुधबार आउने काठमाडौं। परराष्ट्र मन्त्रालयले चीनको सिचुवान प्रान्तले नेपाललाई सहायता स्वरुप प्रदान गरेको ३.०६ मिलियन आरएमबी (५ करोड ५७ लाख रुपैयाँ) बराबरको कोभिड–१९ विरुद्धको स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुग्ने भएको छ। सिचुवान एयरलाइन्सको चार्टर काग्रो उडानबाट ती सामाग्री काठमाडौं ल्याउन लागिएको हो। यस्तै अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग आज रातीसम्ममा काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्