रुसी भ्याक्सिन स्पुतनिक–भीको दोस्रो खेप भारत पुग्यो एजेन्सी। रुससमा बनेको कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक–भीको दोस्रो खेप आज भारत पुगेको छ। यो भ्याक्सिन कोरोनाको दोस्रो लहरका निम्ति पनि उपयोगी रहेको रुसको भनाइ छ।यसअघि स्पुतनिक–भीको पहिलो खेपमा डेढ लाख डोज भारत पुर्‍याइसकिएको छ। स्पुतनिक–भी भारतमै उत्पादन गर्नेबारे प्रारम्भिक सहमति भइसकेको छ। कोरोनाविरुद्धको लडाइँमा भारतलाई साथ दिन पाउँदा खुसी लागेको स्पुतनिक–भीले ट्विटमा लेखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्