निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई जरिवाना काठमाडा। बितेको २४ घण्टामा निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई नेपाल प्रहरीले कारवाही गरेको छ। स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका कारण उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण बढेपछि अहिले देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जारी गरिएकामध्ये ६ मा आंशिक र ६७ जिल्लामा पूर्ण निषधाज्ञा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्