नेपालले माग्यो अमेरिकासँग सहयोग काठमाडौं। कोरोना महामारीसँग जुधिरहेको नेपालले अमेरिकासँग खोप तथा स्वास्थ्य सामाग्री सहयोग मागेको हो। रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको टेलिफोन संवादमा सहयोग मागिएको हो। जवाफमा राजदूत बेरीले अर्को सातासम्ममा अमेरिकाबाट सहयोग आउने प्रतिबद्धता जनाएका थिए। रक्षामन्त्री पोखरेलले खोप, भेन्टिलेटर, अक्सिजन, पीपीईलगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्