९० प्रतिशत कैदीबन्दीलाई कोरोना खोपको दोहोरो डोज लगाइयो काठमाडौं। कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले देशमा रहेका कूल कैदीबन्दीमध्ये ९० प्रतिशतलाई कोरोना खोपको दोहोरो डोज लगाइसकिएको जनाएका छन्। उनले भने, “पछि थपिएका कैदीबन्दीलाई खोप लगाउन बाँकी छ, अन्यलाई दोहोरो खोप लगाइएको छ।” विभागका अनुसार नेपालमा अहिले कुल २४ हजार ८८७ कैदीबन्दी छन्। यसमा पुरुषको संख्या २३ हजार ५१० छ भने महिलाको संख्या १ हजार ३७७ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्