बाँकेमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु बाँके।बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज बिहान ८ बजेसम्म बाँकेका विभिन्न अस्पतालमा उनीहरूको मृत्यु भएको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले बताए। मृतकमध्ये ६ जना बाँके र २/२ जना बर्दिया र दाङका रहेका छन्। उनीहरूको भेरी अस्पताल र नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मर्नेको संख्या ३७७ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्