४४ देशमा भेटियो कोरोनाको भारतीय भेरियन्ट एजेन्सी।विश्व स्वास्थय संगठन(डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्ट(कोरोना भाइरस के.बी.१.६१७) विश्वका ४४ देशमा पुगिसकेको बताएको छ।डब्लुएचओले कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वका लागि खतरा बन्न सक्ने समेत औंल्याएको छ।डब्लुएचओले कोरोना भाइरसमा आएको बदलाब र जनस्वास्थ्यका नयाँ मापदण्डका विषयमा निरन्तर अनुसन्धान गर्दै आएको छ।डब्लुएचओकाअनुसार कोरोनाको भारतीय भेरियन्ट धेरै संक्रामक रहेको छ र यो पहिलो पटक २०२० अक्टोबरमा भारतमा पहिलोपटक पाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्